जासुस ब्रम्हाण्डमा एक्सन क्विनहरु दीपिका पादुकोण र कट्रिना कैफ एक साथ देखिदै — OSNepal

जासुस ब्रम्हाण्डमा एक्सन क्विनहरु दीपिका पादुकोण र कट्रिना कैफ एक साथ देखिदै

LC (KTM) May 04, 2023 0

बलिउड अभिनेत्री दीपिका पादुकोण र कट्रिना कैफले धेरै ठूला फिल्ममा काम गरिसकेका छन् । यस वर्षको सुरुमा पठानमा दीपिका एक जबरदस्त एक्सन अवतारमा देखिएकी थिइन् । अर्कोतर्फ कट्रिना कैफ सलमान खानको टाइगर सिरिजको एक हिस्सा हुन् । ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि नायिका ‘टाइगर ३’ मा देखिने भएकी छिन् ।

यसैबीच यी दुई अभिनेत्रीको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ । जसमा दुबै एकसाथ एक्सन गर्दै देखिनेछन् । मिडिया रिपोर्टका अनुसार यशराज फिल्म्सले महिला केन्द्रित जासूस ब्रह्माण्ड फिल्म बनाउन लागेको दाबी गरिएको छ, जसमा दीपिका पादुकोण र कट्रिना कैफ मुख्य भूमिकामा देखिनेछन्। जसरी सलमान खान र शाहरुख खान ‘टाइगर भर्सेस पठान’ मा सँगै देखिनेछन् । त्यस्तै, कट्रिना र दीपिका पनि मुख्य भूमिकामा सँगै देखिनेछन् ।

वास्तवमा, पठानको अभूतपूर्व सफलता पछि, वाइआरएफ स्पाइ युनिभर्स फिल्म बनाउने योजनामा छ। यो एक महिला केन्द्रित चलचित्र बन्न गइरहेको छ, जसमा दीपिका पादुकोण र कट्रिना कैफ मुख्य भूमिकामा रहनेछन् । हाल फिल्मको बारेमा आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।यसअघि दीपिका पादुकोण र कट्रिना कैफलाई ‘टाइगर भर्सेस पठान’ मा सँगै कास्ट गर्ने खबर आएको थियो । तर फिल्ममा मुख्य नायिका नहुने अनुमान गरिएको छ ।

दुवै अभिनेत्री छुट्टाछुट्टै एक्सन फिल्म बनाउने तयारीमा छन् । यो फिल्मको नाम के हुने भन्ने बारे हालसम्म कुनै नयाँ जानकारी आएको छैन ।उल्लेखनीय कुरा के छ भने यशराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गत अहिले धेरै फिल्म पाइपलाइनमा छन्। एकातिर ‘टाइगर भर्सेस पठान’ को चर्चा पक्का भएको छ । यता ऋतिक रोशनको ‘वार २’ को काम पनि सुरु भएको छ । यसबाहेक ऋतिकको ‘फाइटर’ र सलमान खानको ‘टाइगर ३’ पनि पाइपलाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर