रामायणमा राम बनेका अरुण गोविल अहिले देखिदैछन् यस्तो रुपमा , ठुलो पर्दामा चाँडै देखिदै — OSNepal

रामायणमा राम बनेका अरुण गोविल अहिले देखिदैछन् यस्तो रुपमा , ठुलो पर्दामा चाँडै देखिदै

LC (KTM) May 04, 2023 0

रामानन्द सागरको सिरियल ‘रामायण’का हरेक पात्रलाई मानिसहरूले चिनेका छन्। राम र सीताको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोविल र अभिनेत्री दीपिका चिखलियालाई त्यतिबेला दर्शकले भगवान राम र माता सीता मान्ने गर्दथे । यो भूमिका निर्वाह गरेको वर्षौं बितिसक्दा पनि आज पनि दर्शकमा उनको क्रेज घटेको छैन । अरुण गोविल र दीपिका चिखलियाको बारेमा दर्शक अझै पनि जान्न चाहन्छन् ।

उनका फ्यानका लागि छिट्टै एउटा खुसीको खबर आउन लागेको छ । सानो पर्दामा रामको भूमिका निभाएका अरुण गोभिल छिट्टै फिल्ममा देखिने भएका छन् । ‘रामायण’का ‘राम’को रुपमा घर–घरमा चर्चामा आएका अभिनेता अरुण गोविल छिट्टै ठूलो पर्दामा देखिने भएका छन् । अरुण गोविलले हालै सामाजिक सञ्जालमा आफ्नो आगामी फिल्मको नयाँ लुक सेयर गरेका छन् ।

यी कलाकारहरु छिट्टै राम मन्दिर निर्माणमा बन्न लागेको फिल्म ‘६९५’ मा देखिनेछन् । सामाजिक सञ्जालमा शेयर गरिएको लुक्समा अरुण गोविल लामो र सेतो कपालमा निधारमा तिलक र सेतो दाह्री र जुँगा लगाएका देखिन्छन् । यो लुकमा कलाकारलाई चिन्न निकै गाह्रो छ । यो फिल्ममा उनी बाबा अभिराम दासको भूमिकामा देखिनेछन् । अभिनेताको यो लुक सार्वजनिक भएपछि उनका फ्यानहरुको खुसीको सीमा नै रहेन ।

उनलाई फेरि पनि पर्दामा हेर्न दर्शक निकै उत्साहित छन् । आफ्नो भूमिकाका बारेमा अरुण गोविलले राममा विश्वास गर्ने हरेक भारतीयलाई यो फिल्म निकै मन पर्ने बताए । अभिनेताका अनुसार राम मन्दिर निर्माणमा बाबा अभिराम दासको ठूलो योगदान रहेको छ । उहाँको चरित्र शान्तिको मार्गमा हिड्ने व्यक्तिको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर