‘क्रिश ४’ कहिले हेर्न पाउँछन् दर्शकले ? — OSNepal

‘क्रिश ४’ कहिले हेर्न पाउँछन् दर्शकले ?

LC (KTM) May 05, 2023 0

ऋतिक रोशनको फिल्म क्रिस ३ रिलिज भएदेखि नै फ्यानहरू यसको अर्को भागको लागि उत्सुकताका साथ पर्खिरहेका छन् । सुपरहिरोमा आधारित यो फिल्मका सबै भागलाई फ्यानले मन पराएका छन् । केटाकेटी होस् वा बुढापाका, यस शृङ्खलाको हरेक फिल्मले रिलिज हुनेबित्तिकै जनताको मन–मस्तिष्कमा कब्जा जमायो । अब यसको चौथो भागको प्रतिक्षामा रहेका फ्यानहरुको धैर्यताको बाँध टुट्दैछ । यसैबीच अब राकेश रोशनले यो फिल्मको रिलिज मितिबारे खुलासा गरेका छन् ।

क्रिश सिरिजको अन्तिम फिल्म ‘क्रिश ४’ सन् २०१३ मा रिलिज भएको थियो । त्यसयता चौथो भागलाई लिएर अहिले सम्म धेरै अड्कलबाजी गरिएको छ । यद्यपी फिल्मको आधिकारिक रिलिज मितिबारे कुनै आधिकारिक घोषणा गरिएको छैन । अब यस शृङ्खलाका निर्देशक राकेश रोशनले फिल्मको रिलिज र निर्माणमा लागेको समयबारे भनेका छन् ।

एक न्यूज पोर्टललाई दिएको अन्तर्वार्तामा राकेश रोशनले आफूलाई ‘कृष ४’ बनाउन कुनै हतार नभएको खुलासा गरेका छन् । चलचित्रको छायांकन सन् २०२४ पछि मात्रै सुरु हुनेछ । अहिले उनको टिम स्क्रिप्टमा काम गरिरहेको छ र त्यसपछि मात्रै प्रि – प्रोडक्सनको काम सुरु हुनेछ । उनले कुनै पनि चलचित्र बनाउन समय चाहिने बताउँदै क्रिश ४ पूरा गर्न हतार नगरेको बताए । ‘क्रिस’ को कन्सेप्ट जस्तो छ, त्यसमा विरलै फिल्म बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर