छत्रपतिबाट बलिउडमा डेब्यू गर्न लागेका श्रीनिवाससँग प्रेममा छिन् नायिका रश्मिका मन्डन्ना ? — OSNepal

छत्रपतिबाट बलिउडमा डेब्यू गर्न लागेका श्रीनिवाससँग प्रेममा छिन् नायिका रश्मिका मन्डन्ना ?

LC (KTM) May 07, 2023 0

हैदरावाद । साउथ सुपरस्टारहरु बेला बेलामा प्रेम र रोमान्सका कारण चर्चामा आउने गरेका छन् । जसमध्ये पछिल्ला दिनमा साउथ सुपरस्टार रश्मिका मन्डन्नाको प्रेम र रोमान्सका खबरहरु एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् ।

यी सुन्दरी श्रीनिवास बेल्लमकोंडासँग केही कार्यक्रमहरू र मुम्बई एयरपोर्टमा देखिएकी छिन् । जब यो जोडी धेरै पटक एकसाथ देखिन थाले तब भारतीय मिडियाले उनीहरु प्रेममा रहेको खबरहरु एकपछि अर्को गर्दै बाहिर ल्याइरहेका छन् । छत्रपतिबाट बलिउडमा डेब्यू गर्दै गरेका ह्याण्डस श्रीनिवासले सुन्दरी रश्मिकासँग रमाइलो समय बिताउने मौका पाइरहेका छन् । विजय देवराकोन्डासँगको सम्बन्ध समाप्त गरेपछि रश्मिकाले श्रीनिवाससँग डेट गरिरहेको दाबी गर्दै भारतीय मिडियाहरुले समाचारहरु लेखिरहेका छन् ।

यद्यपी यस विषयमा आँफुलाई केही थाहा नभएको भन्दै श्रीनिवासले एक कार्यक्रममा प्रतिक्रिया दिएका छन् । उता रश्मिकाले भने विजयसँगको ब्रेकअप र श्रीनिवाससँगको सम्बन्धबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

श्रीनिवासले भने, ुमलाई थाहा छैन यो हल्ला कसरी भयो । यो बिल्कुल निराधार हो किनभने हामी केवल असल साथी हौँ । हालै हामी एयरपोर्टमा भेटेका थियौँ । प्रायः हामी दुबै हैदरावादबाट मुम्बईको यात्रा गर्छौं । त्यसैले हामी विमानस्थालमा एकअर्कासँग धेरै पटक भेटिरहेका हुन्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर