अंग्रेजी भाषा नजानेकै कारण हेला हुनु परेको थियो भन्दै गुनासो पोखिन कंगनाले — OSNepal

अंग्रेजी भाषा नजानेकै कारण हेला हुनु परेको थियो भन्दै गुनासो पोखिन कंगनाले

LC (KTM) May 08, 2023 0

अभिनेत्री कंगना रनावतले बलिउड नगरीमा आफ्नो शारीरिक उचाइ तथा भाषाका कारण अपमानित हुनुपरेको खुलाएकी छन्।हालै, भारतीय सञ्चारमाध्यमका साथ कुराकानी दर्गै करिअरको सुरुवातमा दिल्लीको एक मोडलिङ कम्पनीमा काम गर्ने क्रममा कम उचाइका कारण मानिसले राम्रो व्यवहार नगरेको बताएकी हुन्।

‘दिल्लीका युवतीहरूको उचाइ लगभग ५।११ इन्च हुन्थ्यो, तर मेरो उचाइ जम्मा ५।७ थियो। यही कारण पनि मैले कला क्षेत्रमा काम पाउ“दिनथें। त्यस कारण म धेरैजस्तो समय खाली रहनुपथ्र्यो। यो देखेर मानिसहरू मोडलिङ तिमीले केही गर्न सक्दैनौ भन्थे। यस्तैमा मलाई क्याटलगहरूको फोटोसुटका लागि अफर आउन थाल्यो। एकपटक म सारीको क्याटलगको सुटका लागि मुम्बई गएको थिए“। त्यसपछि दिल्ली नजाने निर्णय गरे“’ उनले भनेकी छन्। नेपाल समचारपत्रमा खबर छ ।

कंगनाले दिल्लीमा मानिसहरूले आफ्नो अपमान गरेको देखेर मुम्बईमै रहेर संघर्ष गर्ने निर्णय गरेको र निकै संघर्षपश्चात् सन् २००६ मा इमरान हासमीका साथ फिल्म ग्याङस्टारमार्फत फिल्ममा डेब्यु गर्ने मौका पाएको बताइन्। फिल्म क्षेत्रमा आएपछि पनि राम्रोस“ग अग्रेजी भाषा नआएका कारण धेरैले अपमान गरेपछि अंगे्रेजी सिकेर आफूलाई प्रमाणित गरेको उनले बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर