मुक्तिनाथ कर्पोरेशनले बोलायो सदस्यहरुको बृहद बैठक, अनिवार्य उपस्थित हुनुपर्ने — OSNepal

मुक्तिनाथ कर्पोरेशनले बोलायो सदस्यहरुको बृहद बैठक, अनिवार्य उपस्थित हुनुपर्ने

LC (KTM) May 13, 2023 0

काठमाडौँ । सानफ्रान्सिस्को बे एरियामा शिव बुद्ध मन्दिर बनाउने अभियान तिब्र गतिमा अघि बढीरहेका बेला मुक्तिनाथ कर्पोरेशनले बृहद बैठकको आव्हान गरेको छ ।

आउदो मे १४ तारिख आइतवारका दिन सेयर लिनु हुने सदस्यहरु विच छलफल गरि सामुहिक निर्णय गरेर अघि बढ्ने तयारी अनुसार सबै सदस्यहरुमा अनिवार्य उपस्थितिको लागि मुक्तिनाथ धाम परिवारले आव्हान गरेको छ ।

मुक्तिनाथ कर्पोरेशनले एक सूचना जारी गर्दै आँफुले प्रतिज्ञा गरे अनुसार कै समय तालिका अनुसार नै काम अघि बढिरहेको जनाएको छ। सार्वजनिक विज्ञप्तिमा थप छलफल र परामर्श गर्ने विशेषयमा उल्लेख छ । कर्पोरेशनले जारी गरेको सूजना पढ्नुहोस् जस्ताको त्यस्तै

मुक्तिनाथ कर्पोरेशन को सदस्य हरुको बृहद मिटिंगमा हार्दिक आमन्त्रण

बे-एरियामा रहनुहुने तपाई सम्पूर्ण महानुभाव हरुमा,
हार्दिक नमस्कार

हामीले मुक्तिनाथ धाम बनाउछौ भनेर गरेको प्रतिबद्धता आज १ महिना १३ दिन बितिसक्यो अब ४ महिना १७ दिन मात्र बाकी छ ।हामीले गरेको प्रतिज्ञा अनुसार कै समय तालिका अनुसार नै काम अघि बढिरहेको छ। २-४ वटा चर्च र कमर्सियल भवन पनि हेरी रहेका छौ।अरु कुनै अझ राम्रो अवसरहरु तपाई हरु मध्ये कोही कसैमा छ भने पनि हामीलाई भन्नु होला है।

आउदो मे १४ आइतवार का दिन सेयर लिनु हुने सदस्यहरु विच छलफल गरि सामुहिक निर्णय गरेर अघि बढ्नु पर्ने हुदा अनिवार्य उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ।छुट्नु भएका साथीहरु वैठक मा आएर पनि सेयर लिई सहभागी हुन सक्नु हुनेछ।तपाइको सेयरको रकम खातामा जम्मा भएपछी मात्र तपाई कानुनी रुपमा मुक्तिनाथ धामको सेयर होल्डर हुनुहुनेछ।

हेक्का रहोस् अफर राख्ने दिन सम्म मुक्तिनाथ कर्पोरेशनको सेयर लियर मन्दिरको संस्थापक (जन्मदाता) बन्ने अवसर बाट कोही पनि नछुटनु होला। १ ब्यक्ति ले कम्तिमा १ र बडी मा २० सेयर मात्र लिन सक्नु हुनेछ।एउटा सेयर को एक हजार डलर निर्धारण गरिएको छ।

सबैले आ-आफ्नो तवरले सबैलाई आमन्त्रण गर्नुस है। यस अभियानमा कोही पनि छुट्नु हुदैन र कोहि पनि वे-खबर हुनु हुदैन। यो हामी सबैको साझा मन्दिर हो।यस्मा सबैको काम कर्तब्य र अधिकार बराबर हुनेछ र सामुहिक निर्णयबाट नै सबै काम हुनेछ। हामी सबैले बराबर अपनत्व महसुस गर्नेछौ । सबैले सबैतिर बाट होस्टेमा हैसे गर्नुस है।

मिति: २०२३,मे १४ आइतवार
समय: दिनको ३ बजे बाट
स्थान: 6401 Bernhard Ave, Richmond, CA 94805
भगवानले हामीलाई शक्ति दिनुहोस 🙏जय श्री मुक्तिनाथ 🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर