बिनु यादव माइतिघरमा सात दिन देखी अनसनरत, सरकारकाे वेवास्ता — OSNepal

बिनु यादव माइतिघरमा सात दिन देखी अनसनरत, सरकारकाे वेवास्ता

LC (KTM) May 16, 2023 0

काठमाडौं, २ जेठ । माइतीघर मण्डलामा अनसन बसेको सात दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्वोधन गरेको छैन् ।प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ७ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्वोधन नगरेको हो ।

‘माइतीघर मण्डलामा ७ दिन देखी न्यायका लागि अनसनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले मंगलवार बिहान भनिन, ‘तर, सरकारले मेरा मागका बारेमा अझै पनि कुनै सम्वोधन गरेको छैन् ।’ आइतवार साँझ र सोमवार साँझ हावाहुरीसँगै भिषण बर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको पीडा उनले सुनाएकी छिन् ।

गत २७ बैशाख देखी अनसनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्वोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौंका सिडियो साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईको माग सम्वोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन ।’ आफनो माग सम्वोधन नभएसम्म अनसन जारी राख्ने उनले जानकारी दिइन् ।

गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफनो इच्छा बिपरित सबन्धबिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओली माथी कारबाही गर्नुपर्ने, आफु माथी पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि बिबाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा सात दिन देखी अनसनरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर