दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते — OSNepal

दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते

LC (KTM) May 16, 2023 0

दैलेख- दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।

घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर