ललितपुरबाट गैंडाको खागसहित तीन जना पक्राउ — OSNepal

ललितपुरबाट गैंडाको खागसहित तीन जना पक्राउ

LC (KTM) May 16, 2023 0

काठमाडौं, २ जेठ-ललितपुरबाट प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ।मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले सूचना पाएको थियो । सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको  प्रहरीको भनाइ छ ।पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर