सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि — OSNepal

सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि

LC (KTM) May 17, 2023 0

लमजुङ ३ जेठ । गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ ।

सडक विस्तार भएको दुई दशकपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको हो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्न आफू दृढ रहेको बताए । गाउँपालिकाको ९० लाख एकल लगानीमा सडक विस्तारको काम भइरहेको छ ।

०७७ देखि सडक विस्तार गरिए पनि हालसम्म २६ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडक निर्माण गरिएको र २१ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

अध्यक्ष लामाले सडक विस्तारका लागि हारगुहार गर्दा पनि संघ र प्रदेशबाट कुनै सहयोग नभएको भन्दै गाउँपालिकाको एकल प्रयासमा सडक विस्तारको कामलाई निरन्तरता दिइएको बताए । मनाङको सबैभन्दा बिकट मानीएकाे नार्पाभुमी गाउँपालिकाका स्थानीय सडकको पहुँच नहुँदा खच्चडमा सामान ढुवानी गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर