सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउँन, आज कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै — OSNepal

सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउँन, आज कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

LC (KTM) July 16, 2021 0

काठमाडौं साउन १ । सत्तारुढ दल नेपाली कांग्रेसको आज पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ ।

हिजो बिहिबार स्थगित गरिएको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाइने विषयमा छलफल हुने बताइएको छ ।

त्यसै गरी पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसुची रहेको जनाइएको छ । कांग्रेसले आगामी भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर