ओली शिखरबाट भुईँमा पछारिन पुग्नुभयो,अब सुध्रिनुहोला भन्ने आश छ : खतिवडा — OSNepal

ओली शिखरबाट भुईँमा पछारिन पुग्नुभयो,अब सुध्रिनुहोला भन्ने आश छ : खतिवडा

LC (KTM) July 16, 2021 0

काठमाडौं १ साउन । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समुहका नेता तथा सांसद विरोध खतिवडाले बैठकमा सहभागी नहुने बताएका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता खतिवडाले पार्टीका समझदारी नभई एकलौटी रुपमा बोलाइएको बैठकमा सहभागील नहुने जनाएका हुन् । सम्पूर्ण रुपमा शीर्ष नेताहरुको बीचमा सहमति नभईकन एकलौटी ढंगले बोलाईएका कुनैपनि बैठकमा हामी उपस्थित् हुँदैनौं । आजको बैठकमा हाम्रो सहभागिता हुँदैन् ।

विवाद समाधान नभईकन हामी बैठकमा जाँदैनौं ।’कार्यक्रमा खतिवडाले भने । ओली आफैले नै सहकार्य बाटो असम्भव बनाएको बताउँदै खतिवडाले भने, ‘समस्या समाधान भए मात्र आफ्नो समुह बैठकमा सहभागी हुन्छ नत्र कुनै औचित्य छैन’ । शिखरबाट एकैचोटी भुईमा पछारिएका ओली अब भने सुध्रिन्छ होला ।

उनले भनेका छन्, ‘केपी ओलीले नेपाली शब्दकोशमा भएका राम्रा राम्रा शब्द सबै बोल्नुभयो, गद्दारपनि भन्नुभयो होला, व्यंग्यवाणपनि हान्नुहुन्छ, त्यसकारण नै उहाँ शिखरबाट भुईँमा पछारिन पुग्नुभयो । अब सुध्रिनुहोला भन्ने आश छ मलाई, त्यसपछि उहाँले बालकोटमा पुगेर बार्दलीबाट बोलेका शब्दहरु, नेताको नामै किटेर गरेका गालीहरु, यो सबै हेर्दाखेरि त्यही १२ वर्ष पुच्छर ढुँग्रोमा हालेजस्तै भयो ।’

कार्यक्रममा उनले शेरबहादुर देउवालाई आफ्नो समुहले मत दिने पनि खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर