हामी हाम्रा विचार ,उद्देश्य तथा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ : ओली — OSNepal

हामी हाम्रा विचार ,उद्देश्य तथा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ : ओली

LC (KTM) July 16, 2021 0

काठमाडौं १ साउन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने दावी गरेका छन् ।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा शुरु स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । जनताको समर्थन प्राप्त गर्न आफुहरु अब आफ्ना आदर्श, उद्देश्य तथा नीति कार्यक्रम लिएर जनताका बीचमा जाने बैठकमा अ‍ोलीले बताएका छन् ।

मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ, ओलीले भनेका छन् , हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर