मिस नेपाल नर्थ अमेरिका २०२३ को अतिथिमा प्रियंका कार्की ,मिरुना मगर र आयुषमान — OSNepal

मिस नेपाल नर्थ अमेरिका २०२३ को अतिथिमा प्रियंका कार्की ,मिरुना मगर र आयुषमान

LC (KTM) May 25, 2023 0

विजय थापा । बिश्व कै सम्राट राज्य न्यूयोर्कमा हुदै आएको मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी)२०२३ को लागि अतिथिमा प्रियंका कार्की ,मिरुना मगर तथा आयुषमान देशराज जोशी आउने भएका छन् ।

आवेदन(एप्लिकेसन) पत्र गत फेब्रुअरी २८ का दिन देखि प्रारम्भ भएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म रहेको छ । अझ पनि आवेदन निवेदन दिने समय बाकि रहेकोले इच्छुक सबैलाई आयोजकको तर्फबाट सैलेश श्रेष्ठले अनुरोध र आह्वान गरेका छन ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

कुनै जिज्ञाशा भएमा आयोजकसंग सम्पर्क गर्न सकिने छ । यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर(पूर्ण प्रशिक्षण) हुने भएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर