मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइयो — OSNepal

मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइयो

LC (KTM) July 16, 2021 0

मकवानपुर-मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको पान्द्राङ्मा आज दिउँसो खसेको सुख्खा पहिरो हटाई हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा अपराह्नबाट सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भीमफेदी गाउँपालिका–२ पान्द्राङमा करिब १०० मिटरसम्म सुख्खा पहिरो खस्दा हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा केही घण्टा अवरुद्ध हुनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभएको छ ।त्रिभुवन राजपथको हेटौँडादेखि नौबिसेसम्मको सडकखण्ड, कान्तिरापथको हेटौँडादेखि ललितपुरको सातदोबाटोसम्म र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको दैनिक यातायात सेवा सञ्चालनमा रहेको छ ।

यो पनि गृहमन्त्रीको पदभार ग्रहणपछि बालकृष्ण खाँणले गरे यस्तो उद्धघोष : गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभयो ।

मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले आज यहाँ भ्रमण गर्नुभएको थियो । उहाँले प्राथमिकताको विषय भएकाले भ्रमण नै यहाँबाट शुरु गरिएको जानकारी दिँदै बजेट थप गर्न र भवनका लागि आवश्यक जग्गा व्यवस्थापनमा गम्भीर भएर लाग्ने आश्वासन दिनुभएको छ ।

समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो । उहाँले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर