तिब्र गतिको ट्याक्टर र टेम्पो एक अर्कासँग बजारिँदा ३८ वर्षीया छवि र ४० वर्षीय डम्बरले गुमाए अल्पायुमा नै ज्यान, घटनास्थलमा प्रहरी — OSNepal

तिब्र गतिको ट्याक्टर र टेम्पो एक अर्कासँग बजारिँदा ३८ वर्षीया छवि र ४० वर्षीय डम्बरले गुमाए अल्पायुमा नै ज्यान, घटनास्थलमा प्रहरी

LC (KTM) July 16, 2021 0

झापा – झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र करीब ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि : गृहमन्त्रीको पदभार ग्रहणपछि बालकृष्ण खाँणले गरे यस्तो उद्धघोष : गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभयो ।

मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले आज यहाँ भ्रमण गर्नुभएको थियो । उहाँले प्राथमिकताको विषय भएकाले भ्रमण नै यहाँबाट शुरु गरिएको जानकारी दिँदै बजेट थप गर्न र भवनका लागि आवश्यक जग्गा व्यवस्थापनमा गम्भीर भएर लाग्ने आश्वासन दिनुभएको छ ।

समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो । उहाँले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर