६ सय चुचुरोमा, ६६ करोड रोयल्टी — OSNepal

६ सय चुचुरोमा, ६६ करोड रोयल्टी

LC (KTM) May 28, 2023 0

काठमाडौं । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ ।सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिबारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन ।

हिमाल आरोहण गर्न अनुमति दिएबापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ । पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो ।

सन् २०२२ मा ४७ हिमाल आरोहण बाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर