युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन — OSNepal

युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

LC (KTM) May 31, 2023 0

काठमाडौ,  १७ जेठ । युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने बुधबार अन्तिम दिन हो । लगानीकर्ताले बुधबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले जेठ ११ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो । यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ बिक्रीमा ल्याएको हो ।

यसआधारमा १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरिएको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार जेठ १६ गते साँझ ५ः०२ बजेसम्ममा कुल १२ लाख ८५ हजार २२६ जनाले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ३९.४३ गुणा बढी आवेदन हो ।

युनिक नेपाल लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर