सिन्धुपाल्चोकको कुविण्डेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु — OSNepal

सिन्धुपाल्चोकको कुविण्डेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

LC (KTM) May 31, 2023 0

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो । गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रनाउ यादवले बताउनुभयो ।

यो पनि-चितवनमा खोज र खोप अभियान- सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो ।

वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने क्रममा नियमित खोप छुटेका ती बालबालिकालाई खोप लगाइएको हो । सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविकाले नियमित खोप छुटेका बालबालिकाको खोजी गरेर खोप लगाएका हुन ।

शिशु जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइटलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि सञ्चालन गरिएको यो अभियानमा खोप लगाउन छुटेका सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका बालबालिका रहेका छन् ।

महानगरपालिकाका तीन सय छ बालबालिका यस अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय चितवनको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राप्ती नगरपालिकाका ८३ जना, इच्छाकामना गाउँपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकाका १० जना, माडीका दुई जना बालबालिका अभियानका क्रममा खोप कार्यक्रममा सहभागी भएका हुन ।

सरकारले ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पु¥याउनका लागि अभियान सञ्चालन गरेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले खोज र खोप अभियान सञ्चालन गर्नुअघिनै स्वास्थ्य कार्यालय चितवनले गत माघ महिनाबाट नै खोप लगाउन छुटेका बालबालिका खोज्न थलेको थियो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ बालबालिका पाँच वर्षमुनिका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर