सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष ज्ञापनपत्र — OSNepal

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष ज्ञापनपत्र

LC (KTM) June 06, 2023 0

काठमाडौँ-चलचित्रसम्बद्ध सङ्घ संस्थाले चलचित्र क्षेत्रमा लगानी बढाउन माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष आज ज्ञापनपत्र बुझाएको छ । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा भेट गरी बजेटमा नेपाली चलचित्र उद्योगलाई प्रवर्द्धन गर्ने विषय नसमेटिएको गुनासो गरेको हो ।

ज्ञापनपत्रमा विदेशी चलचित्रलाई भन्सार शुल्क कम गरेको, चलचित्र नीति र चलचित्र ऐन लागू गर्नुपर्ने, चलचित्रकर्मीका माग चलचित्र विकास बोर्ड र सरकारले न्यायोचित सम्बोधन गर्नुपर्नेलगायतका विषय उल्लेख गरिएको छ ।

सो अवसरमा मन्त्री शर्माले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उनीहरूको माग सम्बोधन गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष निरौलाले जानकारी दिनुभयो । चलचित्रकर्मीले आफ्ना माग सम्बोधन नगरे आन्दोलनको घोषणा गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर