बसको ठक्करबाट पैदलयात्रीको मृत्यु — OSNepal

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

LC (KTM) June 07, 2023 0

काठमाडौँ, २४ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङकाे बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् ।

बा २ ख ८४१३ नम्बरको बसले पैदलयात्री राईलाई  ठक्कर दिएको थियो । घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर