१० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३–२५ मा आयोजना गरिने — OSNepal

१० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३–२५ मा आयोजना गरिने

LC (KTM) July 18, 2021 0

काठमाडौँ । १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३–२५ मा आयोजना गरिने भएको छ । गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले निम्नानुसारको निर्णय गरेको हो ।

संघले आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय भएको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ । निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ । बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर