नेहरू संग्रहालयकाे नाम परिवर्तन , कांग्रेसले भन्यो- प्रतिशोधको अर्को नाम मोदी — OSNepal

नेहरू संग्रहालयकाे नाम परिवर्तन , कांग्रेसले भन्यो- प्रतिशोधको अर्को नाम मोदी

LC (KTM) June 16, 2023 0

नयाँदिल्ली, १ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्ववत पहिचानलाई मेटाउने कार्यलाई निरन्तरता दिईरहेका छन् ।

सोही क्रममा जवहारलाल नेहरुको नाम हटाउने कार्य उनले यसैबखत गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीस्थित नेहरू मेमोरियल म्युजियम एण्ड लाइब्रेरीको नाम परिवर्तन गरिदिएका छन् ।

सो नाम परिवर्तन गरेर प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय नामाकरण गरिएको छ  ।

कांग्रेसले नेहरू स्मारकको नाम परिवर्तन गरेकोमा मोदी सरकारलाई खुलेर आलोचना गरेका छन ।

सो कार्य प्रति टिप्पणी गर्दै कांग्रेस नेता जयराम रमेशले भने, ‘मोदी संकीर्ण सोच र प्रतिशोधको अर्को नाम हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर