पछिल्लो २४ घण्टामा नेपालमा कारोनाबाट २३ जनाको मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा नेपालमा कारोनाबाट २३ जनाको मृत्यु

LC (KTM) July 18, 2021 0

काठमाडौं । नेपालमा आज थप १ हजार ८०१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मँत्रालयका अनुसार आज कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५५० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर