बनमा निउरो टिप्न गएका चितवनका रोहीकाको गैँडाले लखेटी लखेटी लियो ज्यान,शोकमा परिवार — OSNepal

बनमा निउरो टिप्न गएका चितवनका रोहीकाको गैँडाले लखेटी लखेटी लियो ज्यान,शोकमा परिवार

LC (KTM) July 18, 2021 0

चितवन- पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृ त्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज अपराह्न २ः४० बजे आ क्रमण गरेको थियो । आ क्रमणमा परी घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः४५ बजे मृ त्यु भएको हो ।

कर्णाली प्रदेशले बढायो बजेट खर्च-कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७०.६३ र चालूतर्फ ५७.८७ प्रतिशत खर्च गरेको हो । जुन अघिल्ला तीन आर्थिक वर्षको तुलनामा धेरै हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कूल बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख तथा चालुतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख विनियोजन गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा ७.४२, २०७५÷०७६ मा ३५.३७ र २०७६÷०७७ मा ४९.१४ प्रतिशत खर्च गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले २०७६÷०७७ वर्षभन्दा गत आव २०७७÷७८ मा ३२.४४ प्रतिशत बजेट खर्च बढी भएको जनाएको छ । प्रदेश सरकारले गत आवमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश व्यवस्थापिकाले शतप्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगले ३२.८७, मुख्य न्यायाधिवक्ताको कार्यालयले ९५.४९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ७१.५२, प्रदेश योजना आयोगले ४५.९६, स्थानीय तहले ८७ प्रतिशत खर्च गरेका छन् ।मन्त्रालयहरुमा सबैभन्दा बढी खर्च भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको छ । उक्त मन्त्रालयले ८२, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानूनले ६८, भौतिक पूर्वाधार विकास मन्त्रालयले ६२, सामाजिक विकास मन्त्रालयले ६६ प्रतिशत बजेट खर्च गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध र वित्तीय व्यवस्थाबाहेक ९.७३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर