माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज हो,यसको नेतृत्व गर्ने आफूहरु जिउँदै छौं : प्रचण्ड — OSNepal

माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज हो,यसको नेतृत्व गर्ने आफूहरु जिउँदै छौं : प्रचण्ड

LC (KTM) July 18, 2021 0

काठमाडौँ ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरेका छन् ।

सर्वोच्चबाट दोस्रो पटक पुर्नस्थापित भएको संसद भवनको पहिलो बैठकमा अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न समेत चेतावनी दिँदै यस्तो आग्रह गरको हुन् । ओली तिर संकेत गर्दै प्रचण्डले भनेका छन्, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं । ’

आफ्नो ‘व्यक्तिगत अहंकार र दम्भको फल ओली आफै भोग्ने र भोग्दै जाने समेत प्रचण्डले बताएका छन् । माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज भएको दावी गरेका प्रचण्डले यसको नेतृत्व गर्ने आफूहरु जिउँदै रहेको समेत ओलीलाई चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर