मिठो तरकारी खानकै लागि वनमा निउरो टिप्न गएकी कुमालको गैडाले लियो ज्यान — OSNepal

मिठो तरकारी खानकै लागि वनमा निउरो टिप्न गएकी कुमालको गैडाले लियो ज्यान

LC (KTM) July 19, 2021 0

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज अपराह्न २ः४० बजे आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः४५ बजे मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर