थापाले प्रचण्डलाई भने, नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढबर्ष लामो कोशिस फेल खायो — OSNepal

थापाले प्रचण्डलाई भने, नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढबर्ष लामो कोशिस फेल खायो

LC (KTM) May 15, 2021 0

काठमाडौं १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कडा कटाक्ष गरेका छन् ।प्रधानमन्त्री ओली र माधव नेपालको सहमतिमा तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले पार्टीका एकतालाई महत्व दिएका छन् । नेपाल र ओलीमिली पार्टी एकताको विषयमा समहति गर्ने भनेपछि आक्रोशित बनेका प्रचण्डले विद्रोह गर्न सबैलाई आग्रह गरेका थिए । यहि विषयलाई लिएर सुर्य थापाले नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने प्रचण्डको कोशिश विफल भएको टिप्पणी गरेका छन् ।

थापाले ट्वीटर मार्फत भनेका छन् , माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढबर्ष लामो कोशिस कामै लागेन।कम्युनिस्ट सरकार फाली देउवालाई शिरमा बोकेर जग हँसाउन पाइएन,अनि निशानीले सालीका ससुराबाको पीडा पोखेछन् ।नेपाल पछि शेरबहादुर देउवालाई शिरमा बोक्ने कोशिस समेत फेल खाएको भन्दै थापाले प्रचण्ड डफ्फा मर्माहत बनेको बताएका छन् ।

थापाले लेखेका छन्ः पुष्पकमल दाहाल डफ्फा मर्माहत बनेछ!माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढबर्ष लामो कोशिस कामै लागेन।कम्युनिस्ट सरकार फाली देउवालाई शिरमा बोकेर जग हँसाउन पाइएन,अनि निशानीले सालीका ससुराबाको पीडा पोखेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर