जोखिम मोलेर फड्के पुलबाट यात्रा गर्न बाध्य छन् यात्रु — OSNepal

जोखिम मोलेर फड्के पुलबाट यात्रा गर्न बाध्य छन् यात्रु

LC (KTM) June 30, 2023 0

फुङ्लिङ, १५ असारः मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामाथिको मोटरेवल पुल बाढीले बगाएपछि आवतजावतका लागि निर्माण गरिएको फड्के पुलबाट गन्तव्यतर्फ जाँदै यात्रु ।

 

यो पनि : मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध, पन्छाउनै मुश्किल:काठमाडौं, १५ असार । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ ।

हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण हिरो पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार मुग्लिनबाट करिब दुई किलोमिटर पश्चिम नारायणगढतर्फ तीन नम्बर पुल निर पहिरो खसिरहेका कारण हिजो देखी यातायाता सुचारु गराउन नसकिएको हो ।

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको जनाउँदै जाममा परेका सवारी साधनको लामो लाइन लागेको र पहिरो रोकिने बितिक्कै मेशिन लगेर पहिरो पन्छाउने योजनामा प्रहरी रहेको जनाइएको छ ।

हाल काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर