लामाको घरमा तास खेलिरहेको अवस्थामा मोटो रकम सहित ११ जना पक्राउ — OSNepal

लामाको घरमा तास खेलिरहेको अवस्थामा मोटो रकम सहित ११ जना पक्राउ

LC (KTM) July 19, 2021 0

काठमाडौं, ४ साउन-काठमाडौं महानरगपालिका-६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर हुने ३५ वर्षीया तारा थापा लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-३ अठ्ठाइस बिगाहा बस्ने शोभा बिकको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय शेर बहादुर बिक लगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १९ हजार २ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर