हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको शव काठमाडौं ल्याइयो — OSNepal

हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको शव काठमाडौं ल्याइयो

LC (KTM) July 11, 2023 0

काठमाडौं, २६ असार। सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुई वटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो।

मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको मृत्यु भएको थियो।

सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन ‘एनए-एमभी कलसाइन’ भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर