शंक फुक्दै बालकुमारीस्थित खोला किनारमा लगेर नेपालको पुत्ला जलाइयो — OSNepal

शंक फुक्दै बालकुमारीस्थित खोला किनारमा लगेर नेपालको पुत्ला जलाइयो

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघले पार्टी नेता माधव नेपालको पुत्ला दहन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालले सरकार ढाल्ने कार्य गरेकाले पुत्ला जलाइएको हो । नेपालको शव बोक्ने खट बनाएर पुत्ला राख्दै शंक फुकेर बालकुमारीस्थित खोला किनारमा लगेर युवा संघले जलाएका थिए ।

आफ्नै पार्टीको सरकार ढाल्न सक्रिय भुमिकामा देखिएका नेपाल सहित २२ जना सांसदहरुले देउवालाई विश्वासको मत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर