मुख्यमन्त्रीका लागि कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको दाबी पेश — OSNepal

मुख्यमन्त्रीका लागि कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको दाबी पेश

LC (KTM) August 01, 2023 0

विराटनगर, १६ साउन-कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गर्नुभएको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः४२ को समयमा सो दाबी पेश गर्नुभएको हो ।

मुख्यमन्त्री पदमा थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनाको समर्थनमा दाबी पेश भएको हो ।त्रियानब्बे सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री पदका लागि बहुमत जुटाउन न्यूनतम ४७ सदस्यको समर्थन आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर