बाँदरको भेषमा युवा संघ नेपालका कार्यकर्ता — OSNepal

बाँदरको भेषमा युवा संघ नेपालका कार्यकर्ता

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहका २२ जना सांसद विरुद्ध युवा संघ नेपालका कार्यकर्ताले बाँदरको भेषमा विरोध प्रर्दशन गरेका छन् ।

पार्टीको ह्रिप उल्लंघन गर्दै नेपाल सहित २२ जना एमालेका सांसदहरुले देउवालाई विश्वासको मत दिएका थिए । यसको विरोधमा हिजो मात्र नेपालको पुत्ला बनाएर शंख फुक्दै जलाइएको थियो ।

यसै गरी, आज बाँदर जस्तो मुकुण्डो लगाएर काठमाडौंको नयाँ बानेश्वरमा युवा संघ नेपालका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर