प्रचण्डलाई भेट्न एक्कासी उनकै निवासमा किन पुगे प्रधानमन्त्री देउवा ? — OSNepal

प्रचण्डलाई भेट्न एक्कासी उनकै निवासमा किन पुगे प्रधानमन्त्री देउवा ?

LC (KTM) July 20, 2021 0

काठमाडौँ, ५ साउन – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुग्नुभएको हो ।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो । पार्किन्सन् रोगका कारण लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर