देउवाले प्रचण्ड पत्नि सीतालाई भेटेर झुक्दै नमस्कार गरेको तस्विर भाइरल, स्वास्थ्यबारे राखे चासो — OSNepal

देउवाले प्रचण्ड पत्नि सीतालाई भेटेर झुक्दै नमस्कार गरेको तस्विर भाइरल, स्वास्थ्यबारे राखे चासो

LC (KTM) July 20, 2021 0

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न आज खुमलटार पुगेका हुन् । देउवाले खुमलटार पुगेर सीतालाई भेटेपछि निहुरिएर झुक्दै नमस्कार गर्दै गरेको तस्विर बाहिरिएको छ । जुन तस्विर सामाजिक संजालमा भ ाइरल बनेको छ ।

पार्किन्सन् रोगका कारण लामो समयदेखि देश तथा विदेशका अस्पतालमा उपचाररत छिन् । यसअघि केहि दिन अगाडि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द्र ‘विप्लव’ले उनलाई भेटका थिए । उनको उपचारको लागि अमेरिका, सिंगापुर र भारतमा रामदेवसँग पुर्‍याएपछि सीताको स्वास्थ्यमा सुधार आउन सकेको छैन । एकमात्र छोरा प्रकाशको निधन भएसँगै स्वास्थ्यमा समस्या देखिन थालेको हो । तस्विर गं‌गा दाहालको फेसबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर