राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट — OSNepal

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

LC (KTM) August 07, 2023 0

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर