यसकारण जयाप्रदालाई ६ महिनाको जेल सजाय — OSNepal

यसकारण जयाप्रदालाई ६ महिनाको जेल सजाय

LC (KTM) August 22, 2023 0

चेन्नई । चलचित्र अभिनयबाट राजनीतिमा हामफालेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवानासमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जयाको यो थिएटर उनको व्यापारिक साझेदार राम कुमार र राजा बाबुले हेर्ने गरेका थिए ।

थिएटरले आफ्ना कर्मचारीलाई ईएसआई ९कर्मचारी राज्य बीमा निगम० दिन नसकेपछि सबै कर्मचारी अदालत गएका थिए । यद्यपि जयाले मुद्दा खारेज गर्न अदालतमा अपिल गरी कर्मचारीलाई पूरा रकम दिने वाचा गरेकी थिइन् । तर श्रम सरकारी बीमा संस्थानका वकिलले उनको अपिलमा आपत्ति जनाएका थिए । यो मुद्दामा जयप्रदा र थिएटरसँग सम्बन्धित अन्य तीन जनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । सबैलाई ५ हजार जरिवानासमेत तिर्न भनिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, अहिलेसम्म यस मुद्दामा जयप्रदा पक्राउ परेकी छैनन् ।

जया ७० र ८० को दशकमा बलिउड र तेलुगु चलचित्रमा निकै चर्चित अभिनेत्रीको रुपमा परिचित थिइन् । चलचित्र उद्योगमा उनलाई श्रीदेवीजस्ता अभिनेत्रीसँग तुलना गरिन्थ्यो । दुवै एक अर्काका प्रतिस्पर्धी थिए । बलिउडमा जयाले तोहफा, शराबी, आखरी रास्ता, आज का अर्जुन र थानेदार लगायतका थुप्रै चर्चित चलचित्रमा काम गरेकी थिइन् । उनले सन् १९९४ मा चलचित्र छोडेर राजनीतिमा लागेकी थिइन् । जयाप्रदाले समाजवादी पार्टीबाट दुई पटक लोकसभामा रामपुरबाट प्रतिनिधित्व गरिसकेकी छन् । सौर्य दैनिकमा खबर छ । उनी सन् २००४ र २००९ मा रामपुर सिटबाट सांसद निर्वाचित भएकी थिइन् । यसपछि उनले सन् २०१४ र २०१९ मा रामपुर सिटबाट पुनः चुनाव लडिन् तर दुवै पटक पराजित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर