कांग्रेस कम्युनिस्टको बिकल्प अब मात्र राप्रपा मात्र हुन सक्छ : कमल थापा — OSNepal

कांग्रेस कम्युनिस्टको बिकल्प अब मात्र राप्रपा मात्र हुन सक्छ : कमल थापा

LC (KTM) July 21, 2021 0

हेटौंडा ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले जनताले गठबन्धनबाट बनेको नयाँ सरकारबाट धेरै आशा र भरोसा नराखेको बताएका छन् ।

आज बुधबार मकवानपुररद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको दावी गर्दै यस्तो खुलासा गरेका हुन् ।
काङ्ग्रेस कम्युनिस्ट बिच बैचारिक,चरित्रगत,नितिगत भिन्नता नरहेको बताएका थापाले काङ्ग्रेस कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुन सक्ने बताए ।

नयाँ सरकार प्रति जनतालाई विश्वास नरहेको जनतामा चरम बितृष्णा र असन्तोष निराशा र आक्रोश ब्याप्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर