माधव कुमार नेपालका खम्बाका रुपमा रहेका अर्का यि खम्बा पनि ओलीतिर लागे — OSNepal

माधव कुमार नेपालका खम्बाका रुपमा रहेका अर्का यि खम्बा पनि ओलीतिर लागे

LC (KTM) July 21, 2021 0

काठमाडौ । कुनै बेला नेकपा एमालेमा वरिष्ठ नेता माधव कुमार नेपालको निकै नजिक रहेका नेता विष्णु रिजालले नेपालको साथ छोडो छन् । उनले कित्ता परिवर्तन गरेर अध्यक्ष केपी शर्मा ओलीको खेमामा गएका छन् । माधव नेपालको प्रेस सल्लाहकार समेत रहिसकेका उनले नेपाल संघर्षमै रहेका बेला कित्ता परिवर्तन गरेका हुन् ।

अहिले एमालेमा विवाद चरम उत्कर्षमा पुगेको छ । एक अर्का नेता विरुद्ध तल्लो तहका नेता र कार्यकर्ताले चर्को विरोध गरेका छन् । युवासंघले त माधव नेपाल विरुद्ध आन्दोलन नै सुरु गरेको छ। । सामाजिक सञ्जालमा माधव नेपाललाई गद्दार भनिएको छ । ओली आफैले पनि नेपाललाई गद्दार भनेका छन् । तर नेता रिजालले भने नेपाललाई गद्दार भनेकोमा आपत्ति जनाएका छन् ।

उनले भने,‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन । उहाँ नेकपा एमालेको पूर्व पार्टी प्रमुख हो । प्रमुख नेता हो । माधव नेपाल यो देशको सम्मानित राजनेता हो ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु एमालेलाई एकताबद्ध र सक्रिय बनाउन लागिपरेको स्पष्ट पारेका छन् । उनले पार्टी एकताको लागि कार्यदलले हप्तौं लगाएर तयार पारेको प्रस्ताव र दस्तावेजलाई लागु गर्नुपर्नेमा जोड दिए । उनले माधव नेपालबिनाको एमाले बनाउने कल्पना कसैले पनि नगरेको जिकिर गरे । उनले भने,‘व्यक्तिका रुपमा आफ्ना आफ्ना शैली छन् । तर, पार्टी एकता अनिवार्य शर्त हो ।’ उनले एकताको अहिलेपनि सम्भावना रहेको दाबी गरे । उनले आजको एमाले भनेको ओली र नेता नेपालबीचको सहकार्य नै रहेको सुनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर