पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार — OSNepal

पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

LC (KTM) July 22, 2021 0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन् ।पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले पार्टी एकताका लागी हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका हुन् ।

नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी रहेको र १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओलीले तयार रहेको बताए पनि यसबारे नेपालको कूनै प्रतिकृया आएको छैन् ।पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उनले बताए । एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर