बेलायतले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुको रिले अनशन — OSNepal

बेलायतले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुको रिले अनशन

LC (KTM) July 22, 2021 0

लण्डन – गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायती प्रधानमन्त्री कार्यालय अगाडी रिले अनशन सुरु गर्ने भएको छ । बेलायतले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै बुधबार एक बजेदेखि लण्डनमा रिले अनसन गर्ने भएको हो ।

समान पेन्सनलगायत अधिकारको माग गर्दै उनीहरुले रिले अनशन गर्न लागेका हुन् ।सुरुमा १३ जना भिसीको नाममा १३ दिने रिले अनशन र त्यसपछि भोक हड्ताल गरिने बताइएको छ ।

त्यस्तै गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले आमरण अनशनमा बस्न राजी भएका छन् ।गत आइतबार लण्डनइस्थित नेपाली दूतावासमा गोर्खा मुद्दाबारे छलफल हुँदा राजदूत लोकदर्शन रेग्मीले समस्या समाधानका लागि नेपाल सरकारले पहल गरिरहेको जनाउँदै अनशन नबस्न सुझाब दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर