सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : कांग्रेस महामन्त्री थापा — OSNepal

सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : कांग्रेस महामन्त्री थापा

LC (KTM) September 13, 2023 0

भक्तपुर, २७ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताउनुभएको छ ।

नेपाल ब्युटिसियन सङ्घले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था कानूनमा लेखिनुपर्ने बताउनुभयो ।

चुप लागेर बस्दैमा अधिकार नपाइने भन्दै उहाँले महिलाको समान अधिकारका लागि सबै एकजुट भएर आवाज उठाउनुपर्ने उहाँले आँैल्याउनुभयो । अब निर्वाचनअगावै महिलाले आफ्नो प्रतिनिधित्वका लागि आन्दोलनमा उत्रनुको विकल्प नभएको भन्दै उहाँले सरकारमा हुने प्रतिनिधित्वलाई महिलाको ३३ प्रतिशत पु¥याउन पनि आन्दोलन नै गर्नुपर्ने बताउनुभयो ।

देशमा बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै उहाँले प्रत्येक वर्ष चार लाख ९० हजारभन्दा बढी बेरोजगार देशमा बढिरहेको बताउनुभयो । उहाँले युवा जनशक्ति विदेशिन बाध्य भएको अहिलेको अवस्थालाई सरकारले गम्भीररूपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीलगायतले महिलाका अधिकार प्राप्तिका लागि पुरुषले पनि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर