आफ्नो घरको माया सबैलाई हुन्छ तर अपमान सहेर बसिन्न भन्दै माधब नेपालले दिए केपी ओलीलाई यस्तो कडा चेतावनी — OSNepal

आफ्नो घरको माया सबैलाई हुन्छ तर अपमान सहेर बसिन्न भन्दै माधब नेपालले दिए केपी ओलीलाई यस्तो कडा चेतावनी

LC (KTM) July 22, 2021 0

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौ काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने समेत चेतावनी दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन गरेको आरोप दगाउदै नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको बताए ।

पार्टीलाई आफ्नो मुठ्ठीमा मात्रै राख्न खोज्ने, तानाशाही प्रवृत्ति देखाउने र म नै सर्वेसर्वा हो भन्ने नेतृत्वले गर्दा एमालेको यस्तो हालत भएको नेता नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर