पार्टी एकताको लागि ओलीको अपिल :आउनुस् मिलेर काम गरौं, बाटो बिराएर हिडेका नेताहरुलाई 'आममाफी' भयो — OSNepal

पार्टी एकताको लागि ओलीको अपिल :आउनुस् मिलेर काम गरौं, बाटो बिराएर हिडेका नेताहरुलाई ‘आममाफी’ भयो

LC (KTM) July 22, 2021 0

काठमाडौं ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहलाई आममाफी दिने भएका छन् । आज बिहिबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमा ओलीले बाटो बिराएर हिडेका नेताहरुलाई आममाफी दिने घोषणा गरेका हुन् ।

नेपाल लगायत २२ सांसदले पार्टीको फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका थिए । आफ्नो पार्टीको सरकार ढाल्न अर्को पार्टीलाई समर्थन गर्नु अक्षम्य अपराधको संज्ञा दिएका ओलीले आज पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर आममाफी दिने घोषणा गरेका हुन् ।

‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

ओलीले भनेका छन्, ‘को-काहा छन् भन्ने छोडेर पार्टीको कुरा गरौं । पुष्पलाल स्मृति दिवसको अवसरमा म वाटो विराएका, भडकिएका साथीहरुलाई पनि भन्छु –आउनुस् मिलेर काम गरौं, म आग्रह गर्छु । यस आन्दोलनलाई मजवुत पारौं । म आग्रह सवैलाई गर्छु– एकजुट भएर जाऔ, यद्यपी यस आन्दोलनले ठूलो धक्का ब्यहोरेको छ, आफ्नै केहीका कारण । तै पनि एम्नेष्टि इज ग्रान्टेड । म भन्छु –आउनस फेरि एकजुट भएर जाऔं ।’

एमाले लौकाको चिचिलो होइन, कसैले औला ताक्दैमा कठिनाईहरु यसले झेल्न जानेको छ,’ –‘कसैले अध्यक्षको पगरी, दलको नेताको पगरी समेत विगतमा लाए । यो कुरा मलाई २०२९ सालमा पनि भएको थियो ’ओलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर