वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली — OSNepal

वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

LC (KTM) July 22, 2021 0

काठमाडौं ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जनाताको आदेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्रीबाट हटेको स्पष्ट पारेका छन् । आज बिहिबार पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ते प्रतिक्रिया दिएका हुन् ।

अदालतको गरिमामा जनताको सवश्वस बढेस् भन्न आफ्नो इच्छा रहेको बताएका ओलीले भने, ‘मेरो चिन्ता के हो भने सम्मानित अदालतको विश्वास जनजनको मनमा बढोस । जे गरेपनि मान्नैपर्छ भनियो भने विश्वास कायम रहन्छ कि रहँदैन, त्यो चिन्ताको विषय हो । संविधान जसले पनि पढ्न जान्दछ । कानून जसले पनि पढ्न जानेको छ । म चाहन्छु अदालतको गरिमा बढोस ।’

कार्यक्रमा ओलीले गणेशमान र किसुनजीहरुले नेपाली कांग्रेस छाडेको स्मरण गराउँदे ओलीले भने, उनले भने,‘नेपाली कांग्रेस अब काम लाग्दैन् , यो स्वार्थ र अवसरवादको दलदलमा जाकियो भनेर गणेशमान र किसुनजीले पार्टी छोडेको अलग अलग समयमा घोषणा गर्नुपर्यो । नेपालको कम्युनिष्ट आन्दोलनभित्र पनि यस्ता दुःखद् पक्ष छन् ।

पुष्पलालले रोपेको विचारको विरुवालाई मर्न नदिने घोषणा गरेका ओलीले आफ्नो पार्टी विचारको बाटो हिँडेको समेत बताएका छन् ।

उनले भनेका छन् , पुष्पलालले रोपेको विचारको विरुवालाई मर्न दिनेछैंनौं ,ओइल्याउन पनि दिनेछैंनौं । यो सानो तिनो हावाहुरीले ढालिहाल्दैन् । उहाँको विचारलाई मदन भणडारीले प्रवलीकरण गर्नुभयो । तलाहरु थपिएका छन् । जहाँ छन् नेपाली, त्यहाँ नेकपा एमाले पुग्छ । हामी आन्दोलनलाई मर्न दिन्नौं । यो आन्दोलन संघर्षको मैदानबाट गुज्रिएर आएको हो । यो आन्दोलन स्वार्थहरुको गठजोड होईन् ।

आफुलाई वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं । जनादेशबाट होईन । ओलीले भने, ‘अहिले जेसुकै भएपनि, जसो भएपनि एमाले प्रमुख पार्टी त हो नि त । संसदमा एमाले प्रमुख पार्टी हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा सबभन्दा ठूलो दल नेकपा एमाले हो ।’

जनतालाई प्रशिक्षित गर्ने गुरु पार्टी नेकपा एमाले हो किनभने यसले नयाँ विचार दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर