पार्टी एकताको लागि अध्यक्ष ओलीबाट अन्तिम प्रयास स्वरुप नेपालसँग छलफल गर्ने — OSNepal

पार्टी एकताको लागि अध्यक्ष ओलीबाट अन्तिम प्रयास स्वरुप नेपालसँग छलफल गर्ने

LC (KTM) July 22, 2021 0

काठमाडौं । नेकपा एमाले एकताको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । लगातार चार दिनयता बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकले ओलीलाई माधव नेपाल पक्षसँग एकताका लागि अन्तिम प्रयास गर्ने जिम्मा दिएको हो ।

एकताको अन्तिम प्रयास ओलीबाट गर्ने भन्दै बैठक सम्पन्न गरिएको प्रवक्त प्रदीप ज्ञवालीले जनाएका छन् । आफ्नो पक्ष अझै पनि एकता, कम्युनिष्ट आन्दोलन जोगाउन लागि परेको बताएका ज्ञवालीले भने, ‘हामीले प्रवृत्तिसँग सम्झौता गर्ने होइन, व्यक्तिलाई रोग लाग्यो भने रोग निको बनाउने हो। हरेक नेतृत्वको प्रयास अन्तिमसम्म पनि कमजोरीबाट जोगाउने हुन्छ। हामी त्यही उपचार प्रयासमै छौँ।’

अन्तिमसम्म पनि एकताको लागि प्रयास गर्ने बताएका ज्ञवालीले अब एकताको लागि ओलीबाट नै अन्तिम प्रयास हुने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर