अर्जुन पोखरेलको शब्द तथा संगीतमा मनको धनी’ सार्वजनिक — OSNepal

अर्जुन पोखरेलको शब्द तथा संगीतमा मनको धनी’ सार्वजनिक

LC (KTM) September 29, 2023 0

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । जात धर्म र धन ले साचो प्रेम लाई छेक्दैन दुइ धर्म बिच मा भएको प्रेम पछी जन्मिएको बच्चाको सुन्दर कहाँनी समेटिएको गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको छ । गीतमाथि बनेको भिडियोमा जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको छ ।

भौतिक सम्पन्नताभन्दा मनको सम्पन्नताको वकालत गर्ने गीतको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय रहेको छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

अर्जुन पोखरेल स्वयंले निर्देशन गरेको भिडियोले जात र धर्मभन्दा मानवता ठूलो भन्ने र दुइ धर्म बिचमा भएको प्रेम मा सधै फाटो आइरहेको हुन्छ एउटाले अर्को लाई न स्विकार्ने अवस्था बनेको हुन्छ त्यस्को मध्यमार्गी धार देखिन्छ्, उक्त गीत मा समस्या मात्रै देखाइएको छैन समाधानको विषयलाई पनि सुन्दर शैलीमा प्रस्तुत गरिएको छ । गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।चलचित्रमा संगीतमा सर्वाधिक रुचाइएका संगीतकार अर्जुन पोखरेलका सुगम संगीतले पनि उत्तिकै माया पाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर