बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै — OSNepal

बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै

LC (KTM) October 01, 2023 0

मुम्बइ । बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै छ । फिल्म रिलिज भएको २३ दिन भैसकेको छ र छिट्टै ६०० करोड क्लबमा सामेल हुन लागेको छ ।

जवानले पहिलो र दोस्रो हप्तामा बम्पर कमाई गरेको छ, जसका कारण यो छिट्टै ५०० करोड क्लबमा सामेल भएको थियो तर तेस्रो हप्तादेखि जवानको कमाईमा केही कमी आएको छ । यद्यपि, यो सप्ताहन्तमा जवान ६०० करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ। चलचित्रको २३ औं दिनको कलेक्शन सार्वजनिक भएको छ ।राजधानि दैनिकमा खबर छ । शाहरुखका जवानले कति कमायो त रु

जवानले विश्वभर १ हजार करोड रुपैयाँ कमाएको छ । शाहरुख खानलाई विश्वभर निकै रुचाइएको छ । विशेष कुरा के छ भने शाहरुख जवानमा डबल रोलमा देखिएका छन् । यति मात्र होइन, फिल्ममा शाहरुख ५ फरक अवतारमा देखिएका छन्, जसका कारण उनलाई बढी रुचाइएको छ ।

यो हप्ताको सुरुदेखि नै शाहरुख खानको जवानको सुई एक ठाउँमा अड्किएको छ । जवानले दैनिक करिब ५ करोड रुपैयाँ संकलन गरिरहेका छन् । फिल्मले सोमबार ५।४ करोड, मंगलबार ४।९ करोड, बुधबार ४।८५ करोड, बिहिबार ५।९७ करोड र शुक्रबार ५।२५ करोड कलेक्सन गरेको सकनिल्कको रिपोर्टमा उल्लेख छ । जस पछि कुल संकलन ५८७।१५ करोड भएको छ । फिल्मको कलेक्सन ५ करोडभन्दा माथि जान सकेको छैन ।

निर्देशक एटलीले जवान बाट बलिउडमा डेब्यू गरेका हुन् । उनले जवानमा साउथको मसाला ल्याए, त्यसपछि यो फिल्म ब्लकबस्टर भयो । एट्लीको कामको सबैले प्रशंसा गरिरहेका छन् । यसका साथै दक्षिणमा पनि जवानले धेरै माया पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर