चौतर्फी विकासका लागि नेकपा (एस) को विकल्प छैन : अध्यक्ष नेपाल — OSNepal

चौतर्फी विकासका लागि नेकपा (एस) को विकल्प छैन : अध्यक्ष नेपाल

LC (KTM) October 04, 2023 0

जलेश्वर, १७ असोज : नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताउनुभएको छ ।

पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी बेइमानविरुद्ध तथा अन्याय–अत्याचारमा परेकाको साथमा रहेको बताउनुभयो ।

देशबाट अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल गर्न तथा न्याय, शान्ति, सुशासन र समृद्धि कायम गर्न नेकपा (एस)को साथमा लाग्न पूर्व प्रधानमन्त्री नेपालले अपिल गर्नुभयो । उहाँले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस)को मेची–महाकाली जागरण अभियानलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो ।

अभियानले नेपाली जनताका हक, अधिकार स्थापित गर्न तथा जनतालाई आफ्ना अधिकारप्रति सचेत तुल्याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर